कोरोना बास्तवमा एउटा मानिसमा देखा परेको नया भाईरस हो, जस्ले गर्दा कोभिड 19 रोग लाग्दछ।
यो भाईरस मुख्यतया एक व्यक्ति देखी अर्को व्यक्तिमा खोक्दा, बोल्दा वा हाछीउ गर्दा निक्लने छिटा बाट सर्ने गर्दछ। ति छिटा जब एक संक्रमीत व्यक्ति बाट अर्को व्यक्तिको नाक वा मुखमा प्रवेस गर्दछ तब कोरोना सर्ने गर्दछ।

ति, नाक वा मुखबाट निक्लने छिटा बडिमा एक मिटर सम्म जान सक्छ किनकी यो तेती हलु़ंगो हुदैन। ति छिटा सतह मा खसिहाल्छ। त्यसकारण एक व्यक्ति देखी अर्को व्यक्तिमा यो रोग सर्नु को मुखय कारण भाईरस भएको सतहलाइ छुनुनै हो। जस्तै टेबल, कुर्ची,झ्याल,ढोका ,जग, फिरीज वा चुकलहरुको सतहबाट पनी यो भाईरस सर्न सक्छ। यो भाईरस कुनैपनी सतहमा कतिन्जेल सकृय रहन्छ त्यो अझै थाहा भइसकेकोछैन। त्यैसैले धेरै मानिसको सम्पर्कमा आउने सतहलाइ सधै सफा राख्नूपर्छ। बिशेसगरी संकर्मीत मानिसको सम्पर्कमा आउने सतहलाइ अनिवार्य सफा राख्नूपर्छ। हाम्रा हातले धेरै सतहरुलाइ छुने गरेको हुन्छ, जसको कारण भाईरस सर्नसक्ने सम्भावना प्रबल हुन्छ। त्यसैले हाम्रा हातले हाम्रो नाक, मुख र आंखामा छुनु हुदैन। खोक्दा वा हाक्षीऊ गर्दा हाम्रो नाक र मुखलाइ हाम्रो पाखुराले छोपनुपर्छ कित टिसु पेपर प्रयोग गर्नुहोस्। टिसु पेपर प्रयोग गर्नुन्छभने तुरुन्त डस्टबिनमा फाल्नुहोला। यो नया कोरोना भाईरसबाट बच्न प्रभावकारी उपाए भनेकै तपाईको हातलाई पटक पटक अलकोहलयुक्त सेनिटाइजर वा साबुन पानिले सफा गर्नुनैहो। यसो गर्नाले यदी भाईरस हातमा छ भने हट्दछ। यो रोग लाग्न नदिन हाम्रो रोग प्रतिरोधक शक्ति बढ़ाउने कार्य गर्नुपर्छ । त्यो तरिका हो सोसियल डिसटेनसींग , लकडाउन, स्वस्थ खाना , पर्याप्त पानि र कसरत।
तर यदि कोरोना भाईरसको लछ्ण देखिसकेको छ, भने जस्तै: धेरै ज्वोरो , रुगा, खोकी, सास फेर्न गारो हुने आदी भएको छ भने नजीकको स्वाथ्य संस्थामा जानुहोस्। ति, लछ्ण देखिदैमा यो रोग लागेकै हुन्छ भन्ने हुदैन। यदी डाक्टरलाइ सबै लछ्ण कोरोनाको झै लागेमा स्वाव टेस्टका लागी पठाइन्छ। यदि टेस्ट पोजिटिव आयो भने बिरामीलाइ आइसोलेशन वार्ड मा राखेर उपचार गरिन्छ। कोभिड 19 को औषधि अझइ बनिनसकेको अवस्थामा बिरामीको रोग प्रतिरोधक शक्ति बढ़ाउने कार्य हुन्छ।